म्याग्दीमा राष्ट्रिय योग दिवस मनाइयो

बेनी,बुधबार माघ १ गते ।
म्याग्दीको सदरमुकाम बेनीमा विभिन्न कार्यक्रम गरि राष्ट्रिय योग दिवस मनाइएको छ । नविन आनन्द योग केन्द्र नेपालको आयोजनामा बुधबार बेनीमा राष्ट्रिय योग दिवस मनाइएको हो । कार्यक्रममा योगी तथा स्वयमसेवकलाई सम्मान गरिएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले शुभकामना व्यक्त गर्नुभयो । स्वस्थ र सुखी जिवन जिउनका लागि योग साधना आवश्यक रहेको बताउनुभयो ।

प्रमुख केसीले योग अभ्यासका लागि सबैसंगको छलफल र समन्वयमा जिसस सभाहल उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल ,नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी ,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य ,जिल्ला हुलाक अधिकृत साधना कुमारी श्रेष्ठ,जिल्ला आयुर्वेद अस्पतालका डाक्टर मधुरजी ढकाल लगायतले बोल्नुभएको थियो । यसैगरी कार्यक्रममा नविन आनन्द योग केन्द्रका केन्द्रिय अध्यक्ष नविन जुग्जालीले स्वस्थ र सुखी जिवन जिउनका लागि योग साधना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आहारविहारमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

योग साधनाले शारिरीक ,मानसि तथा सामाजिक परिवर्तनमा महत्वपुर्ण भुमिका खेल्ने उहाँको भनाई छ ।उहाँले योग केन्द्रको शाखा विस्तार गरी सबैलाई योग साधनासंग जोड्न प्रयासरत रहेको जानकारी दिनुभयो । सर्वसाधरणहरुलाई योग साधनाको महत्व र फाइदाका बारेमा ज्ञान नहुँदा समस्या भएको अध्यक्ष जुग्जालीले बताउनुभयो । अहिलेसम्म योगसभाहल व्यवस्थापका लागि योगीहरुबाट शुल्क लिएर संचालन गर्न बाध्यता रहेको बताउनुहुदै अध्यक्ष जुग्जालीले नगरपालिका र अन्य विभिन्न संघसंस्थाको सहयोग पाएमा निशुल्क योग गराउनुका साथै योगलाई विस्तार गरी प्रदेश स्तरिय बनाउने योजना रहेको सुनाउनुभयो ।

अध्यक्ष जुग्जालीको अध्यक्षता,सचिव हरिप्रसाद पौडेलको संचालन तथा उपाध्यक्ष सुरेन्द्रराज शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । यसैगरी कार्यक्रममा योगी तथा समाजसेवी विमला गौचन सहित दुई जना स्वंयसेवकलाई सम्मान गरेको छ । साथै कार्यक्रममा योगी तथा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार