नेपाल आइडलको उत्कृष्ट १२ मा म्याग्दीका पुन मगर

म्याग्दी ,सोमबार माघ ६ गते ।
गायन प्रतियोगिता‘नेपाल आइडल सिजन ३’मा म्याग्दीका नेशन पुन मगरले निकै चर्चा बटुलिरहनुभएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका –६ घार ,चित्रे घर भई हाल पोखरा नदिपुरामा बस्दै आउनुभएका पुन मगरले दर्शक र निर्णायकको मन जित्दै उत्कृष्ट १२ सम्म आफ्नो स्थान सुरक्षित गरिसक्नुभएको छ ।

‘मेघा राउण्ड’ अर्थात अडिशन राउण्डमा ‘तिम्रो मन’ लगायतका गित गाएर निर्णायकको मन जित्न सफल हुनुभएका पुन मगरले पछिल्ला राउण्डहरुमा झनै राम्रो प्रस्तुती दिँदै आउनुभएको छ । क्रमश ‘थिएटर राउण्ड’ मा ‘तिम्रो ममता अनि न्यानो काखको माया पाउने’ र ‘पियानो राउण्ड’मा ‘तिमी नै हौ’जस्ता गितमा पनि उहाँले झनै राम्रो प्रस्तुती दिनुभएकै कारण उहाँको गायनको चर्चा चुलिएको हो ।

नेशनले आगामी राउण्डका लागि पनि तयारी गरिरहेको बताउनुभयो । आगामी राउण्ड ‘गाला राउण्ड’ रहने र सोही राउण्डमा प्रस्तुती दिएपछी भोटिङ सुरु हुने भएकोले निकै मिहेनतका साथ आफुले तयारी गरिरहेको उहाँ बताउनुहुन्छ । दुर्गम गाउँको सामान्य परिवारमा जन्मनुभएका पुन मगर अहिले २० बर्षको हुनुहुन्छ । नेशन पोखरा स्थित मनकामना आवासीय माविबाट माध्यामिक तहको पढाई सकेर हाल स्नातक तहमा अध्ययनरत हुनुहुन्छ ।

सामान्य परिवारमा जन्मनुभएका उहाँ भन्नुहुन्छ ‘आमा–बुवाले दुख गरेर हामीलाई हुर्काउनुभयो ।’ ‘संगीतमै आफ्नो उज्ज्वल भविस्य खोज्ने प्रयास गर्ने क्रममा नेपाल आइडलको टप १२ सम्मको यात्रा पूरा गरिसकेको छु र यो यात्रा जहाँ पुगेर रोकिए पनि म भित्रको संगीतको प्यास कहिल्यै मेटिने छैन।’ नेपाल आइडलको सिजन २ मा समेत सहभागी जनाउनुभएका नेशनले भनुभयो ।

नेशन पुन मगरलाई भेट्न पुग्नुभएका समाजसेवी एव् मोना नेदरल्याण्डका अध्यक्ष जंगबहादुर पुन मगरले भोटिङ समयमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेशनको सामाजिक सञ्जालमा चर्चा चुलिएसंगै देशविदेशमा रहेका चित्रे सहित म्याग्दीबासी उत्साहित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार