नेपाल आइडलका नेशनलाई भोट गर्न अपिल

बेनी,शनिबार माघ ११ गते । खिबाङ्गी समाज नेपाल,पोखराले गायन प्रतियोगिता‘नेपाल आइडल सिजन ३’का नेशन पुन मगरलाई  भोट गर्न अपिल  गरेको छ ।

 संस्थाले शनिबार एक कार्यक्रमका बिच नेशनलाई भोट गरि सहयोग गर्न सबैलाई अपिल गरेको हो। म्याग्दी घर भई हाल पोखरामा बस्दै आउनुभएका नेशनले शुक्रबार राती भएको गाला राउण्ड सुरु भएसंगै  सामाजिक संजाल मार्फत सबैलाई भोट गरि  सहयोग गर्न अपिल गर्नुभएको छ ।

संस्थाको बार्षिकोत्सब तथा सम्मान कार्यक्रममा नेशनका बुबा यामबहादुर बुद्दुजा पुन मगर र आमा ममिता पुन मगरले छोरालाई भोट गरि सहयोग गर्न अपिल गर्नुभएको छ ।

संस्थाका अध्यक्ष रबिन्द्र गर्बुजा पुन मगरले नेशनलाई भोट गरि शृङ्खलामा अगाडी  बढ्नमा सहयोग गर्न सबैमा अपिल गर्नुभयो । यसैगरी यसैगरी मोना नेदरल्यान्डका अध्यक्ष जंगबहादुर पुन मगरले पनि सोही कार्यक्रम मार्फत नेशनलाई भोट गर्न अपील गर्नुभयो ।

उत्कृष्ट १२ मा प्रवेश गर्नुभएका नेशनको आगामी शृङ्खला सुरक्षीत बनाउन भोट गर्न आवश्यक रहेको बताउनुहुदै अध्यक्ष  एवं समाजसेवी पुन मगरले सबैलाई भोट गर्न अपिल गर्नुभयो ।
सांगीतिक क्षेत्रमा अगाडी बढ्नमा भोट गरि सहयोग गर्न अपिल गर्नुभयो । साथै उहाँले नेपाल आइडलमा नेशनले म्याग्दीबाट पहिलोपटक जिल्लाको प्रतिनिधित्व गरेको बताउनुहुदै  जिल्लाकै गर्वको  कुरा भएको बताउनुभयो । 

भोटिङको लागि नेपालमा बस्नुहुनेहरुले  E-Sewa डाउनलोड गर्न सक्नुहुनेछ ।र बिदेशमा हुनुहुने परिवारले Repsect and Rise मार्फत भोट गर्न सक्नुहुनेछ ।नेपाल बस्नुहुनेहरुले मोबाइलको म्यासेज बक्स (Message Box) मा जानुस् र, NI08 टाईप गरि 37000 मा पठाउनु पर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार