अलपत्र चार पर्यटकको हेलिकप्टर मार्फत सकुशल उद्धार

नारच्याङ ,माघ शनिबार १८ गते । बाटो बिराएर  म्याग्दीको पर्यटकीय स्थल खोप्राबाट नारच्याङ आउने क्रममा विचबाटोमा अलपत्र परेका नेपाली पर्यटकलाई सकुशल उद्धार गरिएको छ । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहदुर पुनको पहलमा शनिबार सिम्रीक एयरको हेलकप्टरबाट चार पर्यटकलाई  सकुशल उद्धार गरिएको  हो ।

अन्नपूर्ण गाउँपालिका नारच्याङको माथिल्लो भेग ¥यालेखर्क स्थित जंगलको खोचमा अलपत्र परेका पर्यटकहरु अंकित शाह,अभिशेष महतो सर्लाही, सन्जित लामा दोलखा र सुमन भट्ट धनगडीलाई दुई दिनको प्रयास पछि सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो । उनीहरुलाई अहिले अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा ल्ःयाइएको छ ।


 
उहाँहरुको स्वास्थ्य अवस्था सामान्य भएको प्रजिअ ढकालले जानकारी दिनुभयो । अल्पत्र परेका पर्यटकहरुको खोजीमा शुक्रवार दिनभर प्रजिअ सहित प्रहरी नायब उपरिक्षक किरणजंग कुँवर,शसस्त्र प्रहरी र स्थानीयवासीहरु जुटेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार