शिखमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै ,तयारी पुरा

सुरेन गुरुङ्ग
शिख ,बुधबार माघ २९ गते ।
म्याग्दीको अन्नपुर्ण गाउँपालिका –५ शिखमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । गाउँपालिकाको आयोजनामा आगामी फाल्गुन ३ गतेदेखी दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन समिति सदस्यीय सचिव तथा शिख माविका प्रअ केदारबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार तीन दिन सम्म संचालन हुने प्रतियोगितामा ११ विद्यालयले सहभागिता जनाउनेछन् । आठ वटै वडा भित्रका एक (१–८) आधारभुत र १० मावि तह विद्यालयले सहयोगितामा भाग लिदैछन् ।

प्रतियोगिता शिख माविको खेलमैदानमा संचालन हुने गाउँपालिकाका शिक्षा संयोजक भरत पुनले जानकारी दिनुभयो । उहाँका अनुसार छात्र÷छात्रा भलिबल तथा छात्र÷छात्रा कपर्डी तथा एथलेटिक्स विद्याका खेलहरु संचालन हुनेछन् । प्रतियोगितामा विजेता विद्यालयले ५० हजार रुपैयाँ रनिङ्ग शिल्ड ,ट्रफि ,मेडल र प्रमाणपत्र ,उपविजेताले ३० हजार रुपैयाँ ट्रफी ,मेडल र प्रमाणपत्र तथा तृतिय विद्यालयले २५ हजार रुपैयाँ ,ट्रफी ,मेडल र प्रमाणपत्र पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यागत खेलमा विजेता तथा उपविजेताहरुलाई नगद तथा मेडल प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिनेछ ।

विद्यार्थीमा रहेको प्रतिभाको उजागर,आन्तरिक पर्यटन तथा खेलकुदको प्रवद्र्धन गर्ने उद्धेश्यले प्रतियोगिता संचालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर पुन मगरले बताउनुउभयो । ‘ग्रामिण भेगका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा रहेको प्रतिभा उजागर,आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ,गाउँपालिकाबाट उत्कृष्ट प्रतिभा छनौट गरी जिल्ला प्रदेश र राष्ट्रिय प्रतियोगितामा सहभागि गराउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको हो,’ अध्यक्ष क्याप्टेन पुन मगरले भन्नुभयो ।’ प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । यसैगरी बेनी नगरपालिका,मंगला र रघुगंगा गाउँपालिकामा पनि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार