भलिबल कप्तान शाही सहित चार राष्ट्रिय खेलाडी सम्मानित

म्याग्दी ,शुक्रबार फागुन ०२ गते ।
चार जना राष्ट्रिय खेलाडी गृहजिल्ला म्याग्दीमा सम्मानित हुनुभएको छ । राष्ट्रिय महिला भलिबल टीमकी कप्तान अरुणा शाही ,भलिबल खेलाडी कमला पुन ,भारत्तोलनकी तारादेबी पुन र उस्सुकी विन्दु पुन मगरलाई बेनी नगरपालिकाले सम्मान गरेको हो ।


केही समय अघि मात्र नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा खेलकुदमार्फत म्याग्दी र देशकै नाम उचो बनाउन सफल भएको भन्दै नगरपालिकाले शुक्रबार एक कार्यक्रमका विच चार जना खेलाडीलाई १५ हजार रुपैयाँ सहित प्रमाणपत्र र खाडाले सम्मान गरेको हो ।


नगरपालिकाको आयोजनामा सुरु भएको नगरपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको अवसरमा सम्मानित खेलाडीहरुलाई गण्डकी प्रदेशसभा सदस्य विनोद केसी र नगरप्रमुख हरिकुमार श्रेष्ठले नगद र प्रमाणपत्रले सम्मान गर्नुभयो । तारादेवी पुनले भारोत्तलनमा कास्य पदक ,विन्दु पुन मगरले उस्सुमा रजत र कमला र अरुणाले भलिबलमार्फत नेपाललाई रजत पदक दिलाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार