अन्नपुर्ण गाउँपालिकाद्धारा कृषहरुलाई मिनिटेलर वितरण

बेनी,मंगलबार फागुन ०६ गते ।
म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिकाले कृषकहरुलाई यान्त्रिक हलो वितरण गरेको छ । कृषि उपज उत्पादन लागत र श्रम घटाउन पचास प्रतिशत अनुदानमा कृषकहरुलाई मिनिटेलर अर्थात यान्त्रिक हलो वितरण गरेको हो । ५२ हजार रुपयाँ लागत पर्ने यान्त्रिक हलो पचास प्रतिशत अनुदानमा वितरण गरिएको गाउँपालिकाका कृषी अधिकृत श्यामराज क्षेत्रीले बताउनुभयो ।


उहाँका अनुसार ७.५ हर्ष पावर क्षमता भएको १५ वटा मिनिटेलर वितरण गरिएको छ । घारमा ४ ,हिस्तानमा ३,राम्चेमा ३,दोवामा २ र ठुलोबगरका एक कृषक समुहलाई मिनिटेलर उपलब्ध गराइएको छ । भने नारच्याङ्ग र शिखका कृषकलाई गत बर्षनै यान्त्रिक हलो वितरण गरिएको थियो ।

कृषकको सुविधा ,श्रम र लागत खर्च घटाउन मिनिटेलर वितरण गरिएको अधिकृत क्षेत्रीको भनाई थियो । यान्त्रिक हलोले श्रम र लागत खर्च घटाउनुका साथै कृषी उत्पादनमा सहज हुने दोसल्लेका कृषक प्रेमलाल मगरले बताउनुभयो । ‘गोरुले खेतबारी जोत्नुपर्दा श्रम र समय बढी लाग्ने गथ्र्याे,’ कृषक मगरले भन्नुभयो ,परम्परागत रुपमा गोरुले जोत्न दिनभरी लाग्ने खेतबारी यान्त्रिक हलोले एकैघण्टामा जोत्न सकिन्छ । यान्त्रिक हलोले गोरु पाल्नुपर्ने र हलि खोज्नुपर्ने हैरानी हटेको छ । ’

आवश्यकताको आधारमा समुहका सदस्यहरुबाट भाडा लिएर आलोपालो गरेर यान्त्रिक हलोको प्रयोग गरिने दोसल्ले व्यवसायीक सुन्तला जात कृषक समुहका सदस्य खगबिर पाइजाले बताउनुभयो । गाउँपालिकाको केन्द्र पोखरेबगरमा एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुन र प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले यान्त्रिक हलो वितरण गर्नुभएको थियो ।


कृषिमा यान्त्रिकरण प्रयोगमा जोड दिएको गाउँपालिकाले कृषकलाई लक्षित गरेर यान्त्रिक हलो वितरण गरिएको गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले बताउनुभयो । उहाँले यान्त्रिक हलोको प्रयोगले कृषकहरुलाई गोरु पाल्न र हलि खोज्ने हैरानी भोग्नुुपर्ने बाध्यता हत्ने विश्वास व्यक्त गरे । गाउँपालिको समृद्धिको आधार पर्यटन ,जलविद्युत र कृषि भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार