गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी मुक्तिमार्ग माविलाई

सुरेन गुरुङ
शिख,मंगलबार फागुन ०६ गते।
म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी मुक्तिमार्ग माविले जितेको छ । शिख माविको व्यवस्थापन र गाउँपालिकाको आयोजनामा सोमबार गाउँपालिका-६ शिखमा सम्पन्न प्रतियोगितामा ९ स्वर्ण ,४रजत र ३कास्य हात पार्दै उपाधी जित्न सफल भएको हो । ६ स्वर्ण ,५ रजत र ५कास्य प्राप्त गरेको प्रभा माबी द्वितीय भएको छ भने ५ स्वर्ण ,४रजत र २कास्य प्राप्त   गरेको तिकोट माबिले तृतीय स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।

यसैगरी शिख माबिले ४ स्वर्ण ,७ रजत ४ कास्य ,ज्ञानप्रकाश माबिले ३ स्वर्ण ,३ रजत र ४ कास्य ,आदर्श माबिले १ स्वर्ण ,२ रजत र २ कास्य ,हिमान्चल माबिले १ स्वर्ण  र ४ कास्य ,सर्बोदय माबिले ३ रजत र २ कास्य ,कैलाश माबिले २ रजत र २ कास्य खिबाङ आधारभुट बिद्यालयले १ स्वर्ण तथा पाउद्वार माबिले १ कास्य हात पारेको गाउँपालिका शिक्षा संयोजक भरत पुनले जानकारी दिनुभयो ।

उपाधी संगै बिजेता मुक्तिमार्गले  विद्यालयले ५० हजार रुपैयाँ रनिङ्ग शिल्ड ,ट्रफि ,मेडल र प्रमाणपत्र ,उपविजेता प्रभा माबिले ३० हजार रुपैयाँ ट्रफी ,मेडल र प्रमाणपत्र तथा तृतिय तिकोट माबिले विद्यालयले २५ हजार रुपैयाँ ,ट्रफी ,मेडल र प्रमाणपत्र पाउने प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।५ गतेसम्म संचालन भएको प्रतियोगितामा आठ वटै वडा भित्रका एक (१–८) आधारभुत र १० मावि तह विद्यालयले प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगितामा गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले बिजेता तथा उपबिजेताहरुलाई पुरस्कार बितरण गर्नुभएको थियो । अध्यक्ष क्याप्टेन  गर्बुजा पुनले बधाई तथा शुभकामना दिनुहुँदै प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेको प्रतिभा उजागर गर्नुका साथै उनिहरुलाई अनुशासित र एकआपसमा भाइचाराको सम्बन्ध स्थापित गर्नमा सहयोग पुगेको बिश्वास व्यक्त गर्नुभयो ।

 ‘ग्रामिण भेगका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा रहेको प्रतिभा उजागर,उनिहरुलाई अनुशासित बनाउन ,आन्तरिक पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्न सफल भएको बिश्वास गरेको छु, अध्यक्ष क्याप्टेन गर्बुजा पुन मगरले भन्नुभयो ।बिजेता तथा उपबिजेताहरुलाई अध्यक्ष क्याप्टेन गर्बुजा पुन ,उपाध्यक्ष केशमाया मगर र प्रमुख प्रशासकीय अधिकृत सुवेदी लगायतले पुरस्कार बितरण गर्नुभएको थियो ।

प्रतियोगितामा छात्र÷छात्रा भलिबल तथा छात्र÷छात्रा कपर्डी तथा एथलेटिक्स विद्याका गरि ३० इभेण्टका खेलहरु समावेश  गरिएको थियो । गत बर्षको प्रथम रास्ट्रपती शिल्ड प्रभा माबिले जितेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार