तमानखोला ट्याक्टर दुर्घटनाका मृतक र घाइतेका परिवारलाई राहत वितरण

बेनी ,मंगलबार फागुन ०६ गते ।
बागलुङ्गको तमानखोला गाउँपालिका –३ को बुलबुलेमा ट्याक्टर दुर्घटनामा परी ज्यान गुमाएका र घाइते भएका परिवारलाई राहत वितरण गरिएको छ । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्गमा रहेको हिमाली बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा ८९ हजार रुपैयाँ मृतक र घाइतेका आफन्तलाई राहत सहयोग रकम वितरण गरिएको हो ।

ज्यान गुमाएका तीन जना र घाइते पाँच जनाका परिवारलाई राहत स्वरुप आर्थिक रकम वितरण गरिएको हो । सहकारीको नेतृत्वमा सहकारीले ३६ हजार ,अन्नपुर्ण आमा समुहले १५ हजार,दिपज्योती युवा क्लबले २५ हजार ,दुरुलेक आमा समुह घाङलेपानीले १० हजार र बासाराते सामुदायीक वन उपभोक्ता समुहले ३ हजार गरी ८९ हजार रुपैयाँ मृतक र घाइतेका आफन्तलाई वितरण गरिएको सहकारीका प्रबन्धक श्रीमन रोका मगरले जानकारी दिनुभयो । सहकारीका अध्यक्ष विरेन्द्र पुन मगर ,कोषाध्यक्ष ताराबहादुर रोका र सहयोगी वन उपभोक्ता समिति,आमा समुह तथा युवा क्लबका प्रतिनिधिहरुले संयुक्त रुपमा राहत वितरण गर्नुभएको थियो ।

राहत वितरण गर्नुहुँदै सहकारीका अध्यक्ष पुन मगरले मृतक र घाइतेका परिवारको पिडामा मलम लगाउन सकियोस भनेर राहत वितरण गरिएको बताउनुभयो । उहाँले सहकारीको अभियानमा सहकार्य गर्ने आमा समुह ,युवा क्लब र वन उपभोक्ता समुहलाई धन्यवाद दिनुभयो । अध्यक्ष पुनले सहकारीले अन्य विपत्तिको समयमा सहयोग गर्दै आइरेको जानकारी गराउँदै आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो ।

मालिका गाउँपालिका –२ जेमबाट तमानखोला गाउँपालिका–१ बोगां दोभानमा जन्ती गएको ५७६२ नम्बरको ट्याक्टरगत माघ २३ गते साँझ दुर्घटना हुँदा मालिका गाउँपालिका २ का २१ बर्षिया रिता पुन, ५२ बर्षिया मनकुमारी पुन र ५७ बर्षिय ओमप्रकाश पुनको मृत्यु भएको थियो । भने सोही मालिका गाउँपालिका– २ का मामप्रसाद पुन, खगेन्द्र पुन र गौमाया पुन,विनोद पुन र देविलाल घर्ती घाइते हुनुभएको थियो । ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार