नवनिर्मित देविस्थान स्वास्थ्य चौकी भवनको उद्घाटन

साधन राम्जाली
बेनी ,विहिबार फागुन ०८ गते ।

म्याग्दीको मालिका गाउँपालिका- ५ स्थित मगरदाङ्गमा नवनिर्मित देविस्थान स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । विहिबार एक कार्यक्रमका विच गण्डकी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेबी पुनले नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्नुभएको हो । मन्त्री पुनले स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्यका औजार उपकरणहरु सहयोग गर्न प्रदेश सरकार तयार रहेको आश्वासन दिनुभयो । अहिले विभिन्न स्वास्थ्य संस्थाहरूमा कर्मचारी अभाव भएको उहाँको भनाइ थियो ।


‘प्रदेश सरकारले नागरिकका आधारभूत आवश्यकतामध्येको स्वास्थ्यका लागि लागिपरेको छ’ उहाँले भन्नुभयो ‘नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ, जनशक्ति थप गरेर भए पनि स्वास्थ्य सेवा घरदैलोमै पु¥याउछौं ।’साथै उहाँले प्रदेश सरकारबाट विनियोजित बजेट तथा योजनाहरुको बारेमा जानकारी गराउनुभएको थियो ।


कार्यक्रमममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले स्वास्थ्य चौकी निर्माण संगै आवश्यक आधारुत स्वास्थ्य सेवा सुविधा उपलब्ध भएको बताउनुभयो । उहाँले स्वास्थ्य चौकी दिर्घकालिन संचालन तथा संरक्षणका लागि स्थानीयको दायित्व भएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष खरमाया विटालु ,वडा नं ५ की अध्यक्ष पिपला बुढाथोकी ,गाउँपालिका स्वास्थ्य संयोजक सन्तुकुमारी कार्की ,वल्ड वाइड भगवती मालिका जेवीका निर्माण व्यवसायी गोपाल भट्टचन ,जग्गादाता जालदेवी सुनार ,समाजसेवी भकबहादुर घर्ती,कुलबहादुर घर्ति ,स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष होमबहादुर बुढाथाकी लगायतले बोल्नुभएको थियो ।


२०७४ बैशाखमा वल्ड वाइड भगवती मालिकाले तत्कालिन सहरी विकास डिभिजन कार्यालय बागलुङ्गबाट भवन निर्माणको १ करोड ६० लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरी काम अगाडी बढाएको निर्माण व्यवसायी कम्पनिले २०७६ असार मसान्तमा निर्माण सम्पन्न गरी स्वास्थ्य चौकीलाई भवन हस्तान्तरण गरेको थियो ।

दुई तले स्वास्थ्य चौकीको २० कोठा रहेको छ । स्वास्थ्य चौकीका इन्चार्ज तेजिन्द्र रानाले चौकीलाई नमुना बनाउँन केन्द्र, प्रदेश र स्थानिय तहको विशेष ध्यान जान अनुरोध गर्नुभयो । कार्यक्रममा बुबा आमाको स्मृतिमा करिब ६ रोपनी जग्गा निशुल्क उपलब्ध गराउने निलप्रसाद बुढा र रगबहादुर बुढालाई स्वास्थ्य चौकीले सम्मान गरेको थियो । वडा एवम् स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकीको अध्यक्षता ,स्वास्थ्य चौकी इन्चार्ज रानाको संचालन तथा उपाध्यक्ष बुढाथोकीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीयले बाजागाजा ,सोरठी तथा विाद्यर्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार