मनोरोगी लोजा मगरको स्वास्थ्य उपचारका लागि पचास हजार बढी सहयोग

बेनी ,शुक्रबार फागुन ०९ गते । म्याग्दी प्रवासी नेपानी अन्तराष्ट्रिय कार्यसमिति महिला विभागले मनोरोगी टिकाराम लोजा मगरलाई आर्थिक सहयोग गरेको छ । महिला बिभागको नेतृत्वमा संकलित पचास हजार एक सय २० रुपेयाँ मोना आइईसीका अध्यक्ष ओमनारायण जुग्जालीले पोखरामा एक कार्यक्रमका विच शुक्रबार मनोरोगी लोजाकी दिदीलाई हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण गर्नुहुँदै अध्यक्ष जुग्जालीले सहयोगी महिला बिभागलाई धन्यवाद दिनुभयो ।


महिला बिभागको नेतृत्वमा मनोरोगी टिकारामको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गरिएको बिभागकी उपाध्यक्ष आशा पुन मगरले जानकारी दिनुभयो । उहाँँका अनुसार म्याग्दी अन्नपुर्ण गाउँपालिका –४ नारच्याङ्ग निवासी मनोरोगी लोजा मगरलाई गत मंसिरमा मानव सेवा आश्रम पोखरा लगिएको थियो ।


‘आश्रममा लगिए पनि जटिल मानसिक रोग भएकाले छुट्टै राखेर उपचार गर्नुपर्ने भएको र आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले महिला बिभागको नेतृत्वमा संकलन गरी सो रकम सहयोग गरिएको हो,’उपाध्यक्ष पुन मगरले भन्नुभयो । मोना आइईसीले यसअघि पनि मानविय सहयोग संगै म्याग्दीको आर्थिक ,सामाजिक,शैक्षिक लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार