जेसिजद्धारा गायत्री मन्दिर सरसफाई

बेनी,शुक्रबार  फागुन ०९ गते । म्याग्दी जेसिजले शुक्रबार रघुगंगा गाउपालिका–३ राहुघाटमा रहेको गायत्री मन्दिर परिसरमा सरसफाई गरेको छ ।

पर्यटन प्रर्वद्धन कार्यक्रम अन्रतगत महाशिवरात्री पर्वको अवसरमा मन्दिर परिसरमा सरसफाईका साथै कुर्ची सहयोग गरिएको म्याग्दी जेसिजका अध्यक्ष सुजन बरुवालले जानकारी दिनुभयो ।

म्याग्दी जेसिजका कार्यकारीणी उपाध्यक्ष सन्दिप खत्रीको संयोजकत्वमा भएको कार्यक्रममा मन्दिरमा १० थान कुर्चि, त्यहाँ पालिएका गाइका लागि १२० केजी दाना सहयोग गरिएको थियो ।

कार्यक्रममा स्थानीय दिपक बिखर्ची, मन्दिरका पुजारी रमानन्द गिरिले मन्तब्य व्यक्त गर्नुभएको थियो । मन्दिर परिसरको फोहोर संकलन र व्यवस्थापन गर्ने कार्यमा जेसिजका सदस्यहरुले श्रमदान गरेका थिए ।

कालिगण्डकी र रघुगंगा नदीको दोभनमा अवस्थित गायत्री मन्दिर प्रशस्त सम्भावना भएर पनि संरक्षण, पूर्वाधार विकास, प्रचारप्रसारको कमीले ओझेलमा परेको छ । परापुर्व कालमा गलेश्वर बाबा नामले चिनिने प्रसिद्ध तपस्वि ईश्वरानन्द गिरीले यसै गायत्री मन्दिर परिसरमा तपस्या गरेर अष्ट सिद्ध प्राप्त गरेको भनाई छ ।

गुरु पूर्णीमा पर्वको अवसरमा बिशेष पुजाआजा हुने गायन्त्री मन्दिरको दर्शन गर्नाले मनोकाक्षा पुरा हुने जनविश्वास छ । मन्दिरको धार्मीक र ऐतिहाँसीक महत्वका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको पिठाधिस तारानन्द गिरीले बताउनुभयो । प्रवेशद्धार अघिको सडक भएर दैनिक संयौ सवारी साधन मार्फत हजारौ तिर्थयात्री मुस्ताङ जाने आउने गरेपनि गायत्री मन्दिर सुनसान रहने गर्छ ।

गायत्री, गलेश्वर बााबा, दण्ड स्वामी, चेतानन्द सरस्व्ती, धर्मानन्द तपस्विको मुर्ती भएका मन्दिर परिसरमा परम्परागत घुमाउने (गोल) घर छ । १५ रोपनी क्षेत्रफलमा फैलीएको गायत्री मन्दिर परिसरमा मुक्तिनाथ जाने आउने तिर्थयात्रीहरुको आवास सुबिधाका लागि धर्मशाला सञ्चालन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार