भुरुङ तातोपानीबाट चरेश सहित दुईजना पक्राउ

बेनी ,विहिबार फागुन १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीबाट लागुपदार्थ (चरेश) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तातोपानीमा चरेशको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार एकसय ४२ ग्राम लागुपदार्थ९चरेश० सहित बाबा पुल हाउसका संचालक वर्ष ४४ का हेमु ज्वारचन र ट्रेकर किराना पसल संचालन गरि बस्ने वर्ष ३७ का अशोक कुमार घर्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

४४ ग्राम ज्वारचन र ९८ ग्राम घर्तिबाट बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई ५ दिनको म्याद थप भई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी निरिक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।

आरोप पुष्टी भएमा लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार कारवाही हुने प्रहरीले जनाएको छ । लागु पदार्थको कारोबार गर्ने व्यक्तिलाई ५० ग्राम सम्म भए ३ महिना सम्म कैद वा तीन हजार रुपैयाँ सम्म जरिवाना तथा पचास ग्राम देखि माथी ५०० ग्राम सम्म भए १ महिना देखि १ वर्ष सम्म कैद र १ हजार देखि ५ हजार सम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार