खिवाङमा चट्याङ् लागेर दुई जनाको मृत्यु

बेनी ,आइतबार चैत ०२ गते । जिल्लाको उत्तरी अन्नपूर्ण गाउपालिका–६ खिवाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । शनिबार राती परेको चट्याङ लागेर गम्भीर घाइते २६ वर्षीय रवीन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरीका अनुसार राती ९बजे बेनी अस्पताल ल्याइएका उनिहरुको बेनी अस्पतालमा उपचारको क्रममा आइतबार विहान तीन बजे मृत्यु भएको हो । शव परिक्षणका लागि बेनी अस्पतालका शव गृहमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार