पहिलो कमेडी च्याम्पियनको उपाधी धादिङका पन्तलाई

काठमाडौं ,शनिबार चैत ०१ गते । धादिङका हिमेश पन्तले  पहिलो कमेडी च्याम्पियन बनेका छन् । धादिङको थाक्रेमा जन्मिएका हिमेश कान्तिपुर टेलिभिजनबाट प्रशारित रियालिटि शो कमेडी च्याम्पियनको च्याम्पियन बनेका हुन् ।

नेपालमा पहिलो पटक आयोजना भएको कमेडी च्याम्पियनमा उपाधिका लागि इटहरीका सुमन कोइराला, रोल्पाका खड्गबहादुर पुन मगर (खबपु चञ्चल) र धादिङका हिमेश पन्त टप तीनमा पुगेका थिए ।

धादिङका हिमेश कमेडी च्याम्पियनमा लजिकल कमेडियनका रुपमा चर्चित भएका थिए । यस्तै खबपुले अर्गानिक कमेडियन तथा सुमनले दलेदाइको परिचय बनाएका थिए । नागरिकखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार