लोक दोहोरी गायक रामु रिजालको गीत ‘सम्झना’को छायाँकन

अमित बिश्वकर्मा
म्याग्दी, विहिबार फागुन २९ गते ।
म्याग्दीका नवगायक रामु रीजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’को बुधबार तनहँ र दमौलीमा छायाँकन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्ग बजारमा ब्यबसाय संचालन समेत गरेका गायक रिजालको स्वरमा रहेको उक्त गीतमा चर्चित गायक एबँ मोडल कृष्ण रेउले र रुबिना अधिकारीको अभिनय रहेको छ ।

म्युजिक भिडियोको निर्देशन तारानाथ आचार्य र कोरियोग्राफ होम गुरुङले गर्नु भएको छ भने छायाँकन गणेश सापकोटाको रहेको छ । गायक रीजालको शब्द र अमित बिश्वकर्माको लय सृजना रहेको उक्त गीतमा रीजाल र लोक गायीका रीना केसीको स्वर रहेको छ ।

अमित बिश्वकर्मा र शान्ता परियारको कोरस आवाज रहेको गीतको संगीत संयोजन चर्चित एरेन्जर तारानाथ आचार्यले गर्नु भएको हो । माया प्रीतीमा आधारित गीत सम्झना को म्युजीक भिडियो डिजिटल स्टारबाट केही दिनमा बजारमा आउने गायक रीजालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार