पुर्जाद्धारा ४४ लाख रुपैयाँ लगानीमा व्यवसायीक चौरीगाई पालन (तस्बिर सहित )

सेते तिलिजा पुन
शिख, शनिबार चैत्र ०१ गते ।
म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ शिख स्थित किन्दुका प्रेम पुर्जाले व्यवसायीक चौरी पालन सुरु गर्नुभएको छ । पुर्जाले ४४ लाख रुपैयाँ लगानीमा मुस्ताङ्गको लेतेबाट ७३ वटा चौरीगाई खरिद गरी व्यवसायीक चौरी पालन सुरु गर्नुभएको हो ।

पहिलेदेखी नै चौरी गाई पाल्दै आएपनि अझै व्यवसायीक र स्तरिय बनाउन चौरी गाई पाल्न थालिएको व्यवसायी पुर्जाले बताउनुभयो । चौरी गाई पालनलाई व्यवसायीक बनाइ आयआर्जनको श्रोत बनाउने उहाँको भनाई छ । १२० देखि १३० बढाी चौंरीगाई पुर्‍याउने लक्ष रहेको उहाँले सुनाउनुभयो ।

चौरीगाई मासु र स्वास्थ्यका लागि उपयुक्त हुने बताउनुहुदै राम्रो भएमा पछि अन्य व्यवसायीका लागि पनि म्याग्दीमा नै चौरी गाई उत्पादन गर्ने बताउनुभयो । चौरीगाई राख्नका लागि गोठ निर्माणमा लगानी बढ्ने जानकारी दिनुभयो । पुर्जाको गोठमा यसअघि ३० चौरीगाई थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार