विश्व स्वास्थ्य संगठनद्धारा नेपालमा कोरोना सङ्क्रमित नभएको पुष्टी

एजेन्सी,बुधबार चैत ०५ गते । चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरस कोभिड —१९ अहिले सम्म १ सय ६२ देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा कोरोना संक्रमित नभएको पुष्टी भएको छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म एक लाख ८२ हजार सात सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक सय ७४ जनाको ज्यान गएको छ भने ९५ हजार सात सय ६ जनाले उपचार गराइरहेका छन् । ७९ हजार आठ सय ८४ जना निको भएका छन् । ७९ हजार आठ सय ८४ जनामध्ये नेपालमा सङ्क्रमण देखिएका एक जना पनि निको भइसकेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ ले जनाएको छ ।

यसअघि मकाउ, जिब्राल्टार लगायतका देशलाई पनि सूचीमा हरियो रङ्गमा राखिए पनि अहिले कोरोना प्रभावित देशमा नेपाल मात्र नयाँ कोरोना सङ्क्रमित नभेटिएको देश भएको हो । कोरोना फैलिएको १ सय ६२ देशमा अझै पनि कोही न कोही सङ्क्रमित भेटिएको वा यसअघि सङ्क्रमण भेटिएका व्यक्तिको ज्यान गएको भए पनि नेपालमा दोस्रो व्यक्तिमा सङ्क्रमण देखिएको छैन । नाइस समाचार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार