लायन्स क्लव अफ दरबाङ्ग म्याग्दीद्धारा भलिबल खेलाडी पुन र वडा अध्यक्ष बुढा सम्मानित

  लिलकुमारी पुर्जा मगर

बेनी, आइतबार चैत ०९ गते । लायन्स क्लव अफ म्याग्दी दरवाङ म्याग्दीले भलिबल खेलाडी कमला पुन र मालिका गाउपालिका–५ देविस्थानकी वडा अध्यक्ष पिपला बुढालाई सम्मान गरेको छ ।

 

मालिका गाउपालिका–३ डाडागाउकी पुन २०७० देखि राष्ट्रिय स्तरको महिला भलिबल खेलाडीको रुपमा सक्रिय हुनुहुन्छ । पुन सहभागी १३ औ दक्षिण एशीयाली क्षेत्रीय खेलकुद प्रतियोगितामा नेपाली महिला भलिबल टिमले रजत पदक जितेको थियो ।

वडा अध्यक्ष बुढा ग्रामिण क्षेत्रमा महिला शसक्तिकरणमा अगुवाई गर्दै आउनुभएको छ । लायन्स क्लव अन्तराष्ट्रिय ३२५ बि १ ले अबलम्बन गरेको जागरणका लागि सशक्तिकरणको नीति अनुसार महिला खेलाडी र अगुवालाई प्रोत्साहनका लागि सम्मान गरिएको क्लवका अध्यक्ष गोपालप्रसाद रेग्मीले बताउनुभयो ।

सम्मान कार्यक्रममा मन्तब्य व्यक्त गर्नुहुदै मालिका गाउपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले सामाजिक रुपान्तरणका लागि महिला शक्तिकरण र जागरण आवश्यक रहेको बताउनुभयो । सोही अवसरमा दिवाकर सुवेदीको अध्यक्षतामा क्लवको २०२०÷२१ का लागि समिति चयन भएको छ ।
क्लवको प्रथम उपाध्यक्षमा थमन गौतम, दितृय उपाध्यक्षमा अमृत सापकोटा, सचिवमा मेघराज शर्मा, कोषाध्यक्षमा बिष्णु खत्री लगायत रहनुभएको छ । कार्यक्रम क्लवका सचिव प्रेमलाल कडेल (सदन)को सञ्चालन र कोषाध्यक्ष अमृत सापकोटाको स्वागतमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार