कोरोना संक्रमितको निशुःक उपचार गर्ने जलजला गाउँपालिकाको निर्णय

पर्वत,आइतबार चैत ०९ गते । जलजला गाउँपालिकाले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका हरेक नागरिकको एम्वुलेन्स सेवासहित निशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

जलजला गाउँकार्यपालिकाको शनिवार बसेको बैठकले गाउँपालिका भित्रका नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरि यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो । ‘नागरिकको पहिलो अधिकार बाँच्न पाउने अधिकार भएकोले यदि कसैलाई कोरोनाको आशंका देखिएमा एम्वुलेन्स सेवासहित सम्पूर्ण उपचार खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय गरेका छौं ।’( अध्यक्ष मल्लले भन्नुभयो ।

गाउँपालिकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र भिडभाड हुने ठाउँमा नजान सबै नागरिकलाई आग्रह समेत गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गदै सम्पूर्णलाई स्वास्थ्य अवस्थावारे सचेत रहन, व्यक्तिगत सरसफाईमा ध्यान दिन, भिडभाडमा नजान, अत्यावश्यक काम बाहेक सकेसम्म घरभित्रै रहन तथा रोगथामका उपायहरु अवलम्वन गर्न र कुनै लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा गाउँपालिमा सम्पर्क राख्न अपिल गरेको अध्यक्ष मल्लले जानकारी दिनुभयो । उहाँले कोरोना भाइरस नेपालमा जुनसुकै समयमा पनि फैलन सक्ने खतरा भएकोले सबैलाई सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार