बहराइनमा रहेका तीन नेपालीमा कोरोना भाइरसको संक्रमण !

काठमाडौं,आइतबार चैत ०९ गते । बहराइनमा तीनजना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिएका छन् ।

कोरोना भाइरसबाट संक्रमित तीन नेपालीको स्थानीय अस्पतालमा उपचार भैरहेको नेपाली दूतावासले जनाएको छ । बहराइनमा झण्डै ३५ हजार नेपाली छन् । nagarikkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार