म्याग्दी ‘लकडाउन’ ःसबैलाई सतर्कता अपनाउन आग्रह

बेनी ,सोमबार चैत १० गते ।
कोरोना भाइरस कोभिड १९ फैलिन नदिन म्याग्दीमा सतर्कता अपनाइएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको अवस्थामा जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा सोमबार बेनीमा बसेको सरोकारवाला निकायको बेठकले म्याग्दीलाई लकडाउन गर्ने निर्णय गरेको हो ।

सोमबार राती १० बजेदेखी छोटो तथा लामो दुरीको यातयातका साधन बन्द हुनेछन् । जिल्लाका विभिन्न स्थानमा एकीकृत चेक पोष्ट स्थापना गर्ने जिल्ला समन्वय समिति म्याग्दीका जिल्ला समन्वय अधिकारी ज्ञानराज कोइरालाले जानकारी दिनुभयो । साथै बैठकले म्याग्दीका ग्रामिण भेगमा संचालन हुने यातयातका साधन समेत बन्द गर्ने निर्णय गरेको छ ।

उहाँका अनुसार आठ वटा निर्णय गरेको बैठकले सोमबार राती दश बजेदेखी अति आवश्यक खाद्य सामाग्रि ,दैनिक उपभोग्य खाद्यय बस्तुहहरुका पसल बाहेकका सबै पसलहरु बन्द हुनेछन् । आगमी चैत २१ गतेसम्म अत्यावश्य क्षेत्रमा बाहेकमा गरिएका निर्णयलाई कडाइका साथ कार्यान्वयन गरिने बताउनुहुँदै जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले सबैलाई सतर्कता अपनाउन आग्रह गर्नुभयो । बैठकमा प्रतिनिधी र प्रदेश सभाका सांसद ,स्थानीय तहका नगरपालिका ,गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष ,नागरिक समाज ,राजनितिकि दल , स्वास्थ्य कार्यालय म्याग्दी ,म्याग्दी उद्योग बानिज्य संघ , जिल्ला स्थित सुरक्षा तथा सरकारी र गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार