डा.महावीर पुनले चिकित्सक र स्वास्थ्यकर्मीले लगाउने पिपिई बनाउने

काठमाडौं ,मंगलबार चैत ११ गते । म्यागासेसे पुरस्कार प्राप्त डा.महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रले चिकित्सक र स्वास्थ्यकर्मीले लगाउने प्रर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट पिपिई बनाउने भएका छन् । काठमाडौंको त्रिवि शिक्षण अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आग्रह गरेपछि उनले पिपिई बनाउने तयारी थालेका छन् ।

फाइल तस्विर

कोरोना भाइरसको संक्रमण भएका व्यक्तिको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीले आफ्नो सुरक्षाका लागि अनिवार्यरुपमा पिपिई लगाउनु पर्छ । अहिले शिक्षण अस्पताललगायतका विभिन्न अस्पतालमा कोरोना संक्रमणका बिरामीको उपचार गर्नु परेमा पिपिई उपलब्ध छैन ।

https://www.facebook.com/mahabir.pun?tn=%2CdC-R-R&eid=ARBv5ZxwGahG32fxM6jTKKHO308IsdNiYwky6G5BhZkTkEYg2WizmU5w8RQo2JFiAcr8whOlELdd3O5H&hc_ref=ARRwgEeUMCBWit2ruYT0YgTsNsq4S7Qq7eMMkrFwdPkEAghPpPOG7z0nTbrPMVIki_k&fref=nf

डा‍.पुनले फेसबुकमार्फत टेलरको आवश्यकता रहेकाले सम्पर्कका लागि आग्रह गरेका छन् । उनले ४ सय पिस पिपिईका लागि सामाग्री आएको पनि जानकारी दिएका छन् । नागरिकखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार