![](https://myagdinews.com/wp-content/uploads/2020/03/IMG_1911.jpg)
म्याग्दी ,मंगलबार चैत ११ गते ।
म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोट स्थित दाजुङ्गखोला लघुजलविद्युत परियोजना पछि विद्युत उत्पादन सुरु भएको छ । लघुजलविद्युत परियोजना मर्मत गर्नुपर्ने भएकाले गत फागुन २० गतेदेखी विद्युत उत्पादन पुर्ण रुपमा बन्द भएको थियो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/03/IMG_1911.jpg)
उहाँका अनुसार गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरको पहलमा गण्डकी प्रदेश भौतिक पुर्वाधार मन्त्रालयको १६ लाख रुपैयाँ सहयोगमा जलस्रोत सिंचाई विकास तथा डिभिजन कार्यालय म्याग्दी मार्फत परियोजनाको विद्युत गृहको टर्वाइन मर्मत ,गेटबल बाहिरबाट नयाँ खरिद गर्नुपर्ने भएको,गत बर्षातको समयमा बाढीले बगाएको नहर निर्माण र मर्मत तथा ट्याङकी मर्मत गरेपछि १९ दिनमा विद्युत उत्पादन सुरु भएको खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन समितिका अध्यक्ष नन्द बहादुर घर्तीले जानकारी दिनुभयो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/03/IMG_1288.jpg)
२०५७ सालदेखी उत्पादन सुरु भएको ३० किलोवाट क्षमताको जलविद्युत परियोजनाबाट वडा नं ३को खतेन सहित ओखरबोट ,च्युरिबोट ,महभिर र छाप गरी करिब चार सय घरधुरीले सेवा लिदै आएका छन् । सो लघुजलविद्युत परियोजनाबाट ५५ घरधुरीले खेतीका लागि सिचाई गर्दै आएका छन् भने एक पानीमिल संचालन हुँदै आएको छ ।
![](https://myagdinews.com/wp-content/uploads/2020/03/IMG_1883.jpg)