छहारी युवा क्लवद्धारा ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई खाद्यान्न वितरण

म्याग्दी,विहिबार चैत १३ गते । म्याग्दीको मालिका गाउपालिका–४ फुलबारीको छहारी युवा क्लवले विपन्नलाई खाद्यान्न सहयोग गरेको छ ।विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामा लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण समस्यामा परेका छ घरपरिवारलाई सहयोग गरिएको क्लबका अध्यक्ष सुजन हमालले जानकारी दिनुभयो ।


प्रतिपरिवार एक एक बोरा चाम, तीन किलोग्राम दाल, एक पोका नुन र एक पोका तेलका दरले सहयोग गरिएको क्लवका निवर्तमान अध्यक्ष तुलन बुढामगरले बताउनुभयो । उहाँका अनुसार ती परिवारले ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका थिए । क्लबका निवर्तमान अध्यक्ष बुढा मगर,अध्यक्ष हमाल ,सचिव दिनेश पुन मगर ,सहसचिव हरी बुढा मगर र तुलबहादुर पुनले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार