डा.शेरबहादुर पुनमाथि कारबाहीको निर्णयबाट पछि हट्यो सरकार

काठमाडौँ ,आइतबार बैशाख ०७ गते । ’शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा.शेरबहादुर पुनलाई स्वास्थ्य मन्त्रालयले मिडियामा बढ्ता जान्ने भएर अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोध्यो’, शनिबार बिहानदेखि नेपाली मिडिया र सामाजिक सञ्जालमा यो खबर डढेलोझैँ फैलियो।

file photo

विगतदेखि नै मिडियामैत्री स्वभाव देखाउने गरेका डा.पुनलाई स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा स्पष्टीकरण सोधिएको र कारबाही स्वरुप मन्त्रालयमा झिकाइएको समाचार पनि छरपष्ट रुपमा प्रकाशन/प्रसारण भए।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पनि पटक–पटक फोन मार्फत बोलाउँदा अटेर गरेपछि डा। पुनलाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिँदै पत्र लेखिएको बताएपछि समाचारको सत्यतामाथि प्रश्न उठ्ने ठाउँ थिएन।

नेपालमा लामो समयदेखि सरुवा रोग विज्ञका रुपमा अग्रपंक्तिमा रहेर काम गरेका र हाल पनि टेकु अस्पतालमा रहेर कोरोना महामारीविरुद्ध खटिएका डा. पुनलाई रातारात पत्र लेखेर कारबाही गरिएको भन्दै सामाजिक सञ्जालमा स्वास्थ्यमन्त्रीविरुद्ध आलोचना चर्कियो।

मिडियामा स्वास्थ्यमन्त्रीको रवैयाविरुद्ध कलमहरु चले। आलोचना यति चर्को भयो कि स्वास्थ्य मन्त्रालय डा.पुनलाई कारबाही गर्ने मनसायबाट ‘बहादुरीका साथ पछि हट्न’ बाध्य भयो।

तर यो सबै प्रकरणको दोष नेपाली सञ्चार माध्यमलाई लगाएर स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आफू चोखिने असफल प्रयास गरेका छन्।

स्वास्थ्य मन्त्रालयले आइतबार गरेको नियमित पत्रकार सम्मेलनमा डा.पुनलाई विज्ञका रुपमा काम गर्नका लागि मन्त्रालयमा बोलाइएको विषयमा अनर्गल प्रचार गरी मन्त्री ढकालको चरित्र हत्या गर्ने प्रयास गरेको जनाएको छ।

मन्त्रालयका तर्फबाट सहसचिव रघुराज विष्टले तुच्छ शब्द प्रयोग गरी समाचार लेखेर मन्त्रीको चरित्र हत्या गर्ने काम भएकोले यसको जति खेद प्रकट गरे पनि पर्याप्त हुँदैन भनेका छन्, आइतबारको पत्रकार सम्मेलनमा ।

तर विश्वलाई नै हायल कायमल पारिरहेको कोरोना महामारीविरद्ध नेपालमा अग्रपंक्तिमा रहेर काम गरिरहेका कुनै एक डाक्टरलाई रातारात पत्र काटेर मन्त्रालयमा हाजिर गराउने बाध्यता स्वास्थ्यमन्त्रीलाई किन आइलाग्योरु के कुनै एक विज्ञ डाक्टरलाई राय सुझावका लागि मन्त्रालयमा बोलाउन रातारात छापामा शैलीमा पत्र लेखिन्छरु प्रश्नको जवाफ स्वास्थ्य मन्त्री ढकालले दिनैपर्ने छ।

पटक–पटक फोन गर्दा पनि अटेर गरेपछि पत्र लेखेर बोलाइएको व्यहोरा मन्त्रालयका अधिकारीले नै मिडियामा प्रस्तुत गरेका छन्। फेरि उनलाई पुरस्कृत गरिएको हो भने रातारात उनलाई जानकारी नै नगरी किन गरिन्थ्योरु जसरी रातारात उनलाई कारबाही गर्ने निर्णय गरियो, त्यसैगरी मिडियाको दबाबपछि रातारात उनलाई विज्ञका रुपमा काम गर्न बोलाइएको विज्ञप्ति तयार गरियो।

शनिबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका सम्बन्धमा मर्यादा विपरित काम गरेको भन्दै डा।शेर बहादुर पुनसँग स्पष्टिकरण मागेको बताएको थियो। मन्त्रालयले डा। पुनले कोरोनाका विषयमा जथाभावी अभिव्यक्ति दिनुका साथै संक्रमितको फोन नम्बर लिक गरेको भन्दै मर्यादा विपरीत गतिविधि गरेका कारण जवाफ मागेको जनाएको थियो।

मौखिक रुपमा मन्त्रालय बोलाउँदा डा। पुन उपस्थित नभएपछि पत्र काटेको मन्त्रालयको प्रशासन शाखाका प्रमुख रघुराम विष्टले देशसञ्चारसँग बताएका थिए।

उनले भनेका थिए, ‘केही कुरामा कन्फ्युजन भइरहेको थियो, जसका लागि हामीले अस्पतालका मेसुमार्फत दुई पटक बोलायौँ, तर उहाँ आउनु भएन। त्यसैले हामीले चिठ्ठी लेख्नु पर्ने बाध्यता भएको हो।’

तर तिनै विष्टले आज मन्त्रीको आदेशमा विज्ञका रुपमा डा.पुनलाई बोलाइएको हो भन्दै जनतालाई ढाँट्ने काम गरेका छन्।मिडिया र नागरिकस्तरबाट चर्को आलोचना भएपछि डा.पुनलाई विज्ञका रुपमा मन्त्रालयमा बोलाइएको व्यहोरा उल्लेख गरेर आलोचकहरुलाई चेतावनी दिने काम स्वास्थ्य मन्त्रालयबाट भएको छ ।

हुन त डा। पुनले पनि यसबारे विज्ञिप्त जारी गरेर अनर्गल प्रचार नगरिदिन आग्रह गरेका छन् । डा. पुनले स्वास्थ्य मन्त्रालयबाट प्राप्त पत्र बुझेको र त्यसबारे मन्त्रालयमा उपस्थित भएर सम्बन्धित पदाधिकारीहरुसँग सम्पर्क गरिसकेको र यसलाई आफूले वृत्ति विकासको रुपमा लिएको उल्लेख गरेका छन्।

‘यसबारे मा.मन्त्री ज्यू, मन्त्रालयलाई जोडी अनर्गल प्रचार नगरीदिनहुन र महामारीका रुपमा फैलिएको कोभिड १९ को मारबाट मुलुकलाई बचाउन उकतावद्ध भइदिन हुन सम्वद्ध सबैमा अनुरोध गर्दछु’, डा.पुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तर डा.पुनले मन्त्रालयमा हाजिर भएर प्राप्त गरेको वृत्तिको बारेमा भने बताएका छैनन्। उनी आइतबार स्वास्थ्य मन्त्रालयमा मलिन मुद्रामा उपस्थित भएका थिए।देशसञ्चार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार