रघुगंगाको खरबारीमा भेटिएको रतुवा मृग जंगलमा लगेर छाडीयो

दग्नाम ,बुधबार वैशाख १० गते । जिल्लाको रघुगंगा गाउँपालिका–२,भगवतीमा खरबारीमा रतुवा मृग भेटिएको छ । भगवतीका फैदबहादुर भण्डारीको खरबारीमा १.८ केजी तौल भएको रतुवा मृगको पाठी बेवारीसे अवस्थामा भेटिएको हो । स्थानीयले भेटाएको सो रतुवा मृगको जंगलमा लगेर छाडीएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

मृगलाई मंगलबार हरियाली खल्सु देउराली सामुदायिक वन क्षेत्रमा लगेर छाडीएको रघुगंगा सव डिभिजन वन कार्यालयका फरेष्टर राम्जी शर्माले जानकारी दिनुभयो ।वडा सदस्य रसीला परियार, जिल्ला वन कार्यालयका रेञ्जर बिक्रम गौतम, भगवतिका वडा सचिव बिष्णुबहादुर भण्डारी, हरियाली खन्सु देउराली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ज्ञानबहादुर भण्डारी, भगवति प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक अर्जुन पौडेलको टोलीले मृगलाई जंगलमा लगेर छोड्नुभएको थियो ।

तस्बिर : डिभिजन वन कार्यालय म्याग्दी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार