निस्कोट,खोप्तीका युवाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ

बेनी ,विहिबार बैशाख ११ गते ।

म्याग्दीको मालिका गाउँपालिका –१ स्थित खोप्तीका एक युवाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँग मिल्ने लक्षण देखिएपछि ‘स्वाब’ सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको मालिका गाउँपालिका–१ निस्कोट स्थित खोप्तीका एक यूवाको रिपोर्ट नेगेटिभ आएको हो ।

file photo

ज्वरो र सास फेर्न समस्या भएको बताएपछि ‘स्वाब’ संकलन गरी गण्डकी प्रदेशको कोरोनाको नमुना परीक्षण केन्द्रमा पठाइएकोमा बिहिबार रिपोर्ट नेगेटिभ आएको कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले बताउनुभयो ।ती यूवालाई दरबाङबाट एम्बुलेन्समा बेनी अस्पतालमा ल्याइएको थियो ।

विदेशबाट आएका आफन्तसँग बसेका यूवाले असहज महसुस गरेपछि सोमबार बेनी अस्पतालमा स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राखिएकोमा रिर्पोट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बस्नु नपर्ने चिकित्सकले बताएका छन् । म्याग्दीबाट हालसम्म १५ स्वाब परीक्षणको लागि पठाइएकोमा सबै नमुना नेगेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार