झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५२ पुग्यो

काठमाडौंँ,आइतबार बैशाख १४ गते । नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परिक्षण अनुसार एक जना कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रलायका अनुसार संक्रमित झापा निवासी ५० वर्षीय पुरुष हुन् । झापा यसअघि पनि एक जनामा कोरोना भेटिएको थियो ।उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्स्था सामन्य भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । आजसम्म कोरोना संक्रमित मध्ये १६ जना निको भएर डिस्चार्ज भएका छन् । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार