लायन्स क्लब अफ बेनी पिस सिटीको अध्यक्षमा थापा मगर

म्याग्दी ,मंगलबार वैशाख १६ गते । लायन्स क्लब अफ बेनी पिस सिटीको अध्यक्षमा खम थापा मगर चयन हुनुभएको । सामाजिक तथा मानविय सेवाको क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लबको मंगलबार भएको अनलाइन मार्फत पाँचौ अधिवेशनबाट नयाँ अध्यक्षमा थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण लायन्स क्लब अफ बेनी पिस सिटीले मंगलवार भिडियो कन्फेन्सको माध्ययमबाट अनलाइनबाटै पाँचौ अधिवेशन सम्पन्न गरेको थियो । सन २०२० र २०२१ का लागि भएको अधिवेशनबाट अध्यक्ष थापा मगर सहित नयाँ कार्यसमितिको क्लबको प्रथम उपाध्यक्षमा सुवर्ण रिजाल, दितिय उपाध्यक्षमा भोजबहादुर रिजाल, तृतिय उपाध्यक्षमा बिरेन्द्र श्रेष्ठ, सचिबमा सन्दिप खत्रि, कोषाध्यक्षमा नन्दकुमार पाईजा चयन हुनुभएको छ । निवर्तमान अध्यक्ष नरेश श्रेष्ठ रहनुभएको छ ।

त्यसैगरि सदस्यता बृद्धि संयोजक सचिन शाक्य, एलसीआएफ संयोजक बामदेव रिजाल, मार्के्टिङ कम्युनिकेसन चेयर पर्सन दिपक श्रेष्ठ, पब्लिक रिलेसनसिप डाइरेक्टरमा हरिकृष्ण गौतम, हेल्थ डाइरेक्टरमा दुर्गा बुढा, एजुकेशन डाइरेक्टरमा जेनिस श्रेष्ठ, स्र्पोट्स डाइरेक्टरमा देवेन्द्र फगामी लगायत चयन हुनुभएको छ । अध्यक्ष थापा मगरले संस्थाको निति ,विधि तथा कार्यक्रम अनुसार क्लबलाई सामाजिक तथा मानविय सेवाको क्षेत्रमा थप क्रियाशिल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । म्याग्दी जेसिजको निवर्तमान अध्यक्ष समेत रहनुभएका क्लबका नवनिर्वा्चित अध्यक्ष थापा मगर सामाजिक कार्यहरुमा क्रियाशिल हुनुहुन्छ ।

भिडियो कन्फेन्सका प्रमुख अतिथि जोन चियर पर्सन एवम् क्लबका पुर्व अध्यक्ष लोकेश पुन मगरले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै सामाजिक तथा मानविय क्षेत्रमा थप क्रियाशिल हुन अनुरोध गर्नुभयो । निवर्तमान अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भिडियो कन्फेन्स गरिएको थियो । लकडाउनको कारण एउटै ठाउँमा जम्मा भएर कार्यक्रम गर्न सम्भव नभएपछि अनलाईन मार्फत अधिवेशन गरी नेतृत्व चयनको प्रकृयालाई पूर्णता दिईएको क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार