प्रभु ग्रुप मार्केटिङका अध्यक्ष थकालीद्धारा गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

बेनी ,शुक्रबार बैशाख २६ गते ।
प्रभु ग्रुप अन्तर्गत प्रभु मार्केटिङका अध्यक्ष विनोद थकालीले म्याग्दीको मालिका गाउँपालिकालाई ६० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । म्याग्दीको मालिका गाउँपालिका –४ ओखरबोट घर भई हाल काठमाण्डौंमा बस्दै आउनुभएका भुपु बेलायती गोर्खा सैनिक समेत रहनुभएका थकालीले आफ्नो पेन्सनबापत आउने रकमबाट गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको हो ।

शुक्रबार प्रभु बैंक दरबाङ्ग शाखाका प्रबन्धक विपिन चोखालले थकालीले खरिद गर्नुभएका कोभिड –१९को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य संस्थामा आवश्यक स्वास्थ्य सामाग्री पाँच–पाँच पिपिई सेट र थर्मलगन गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरलाई हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्ष रोका मगरले सहयोग प्रति धन्यवाद व्यक्तत गर्नुहुँदै आगमी दिनमा पनि सहयोगको आशा ब्यक्त गुर्नभयो । अध्यक्ष रोका मगरले महामारी कोरोना रोकथाम तथा नियन्त्रणका लागि लडिरहेको गाउँपालिकालाई थकालीले गर्नुभएको सहयोग महत्वपुर्ण एवम् उदाहरणिय भएको बताउनुभयो ।

उहाँले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम गाउँपालिकामा भित्रन नदिन र रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिका लागिपरेको बताउनुभयो । सो स्वास्थ्य सामाग्री कोरोना संगको लडाईमा अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई वितरण गरिने जानकारी अध्यक्ष रोका मगरले जानकारी दिनुभयो ।


थकाली हाल प्रभु ग्रुप अन्तर्गत प्रभु मार्केटिङका अध्यक्षको रुपमा कार्यरत हुनुहुन्छ। उक्त स्वास्थ्य सामाग्री हस्तान्तरणमा गाउँपालिकाका उपाध्यक्ष खरमाया विटालु र प्रमुख प्रशासकिय अधिकृत सुर्य विश्वकर्माको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार