तोलाबाङ्गकी मनिषा दुई दिनदेखी सम्पर्क विहिन हुँदा सात बर्षिय बालकको विचल्ली,खोजि गरिदिन श्रीमानको अपिल

बेनी ,सोमबार बैशाख २९ गते ।
म्याग्दीको मालिका गाउँपालिका–६ तोलाबाङ्गकी एक महिला दुईदिन देखी सम्पर्क विहिन हुनुभएको छ । शनिबार विहान १० बजे घरबाट निस्कनुभएकी २३ बर्षिया मनिषा गोतामे सम्पर्क विहिन हुनुभएको हो । श्रीमती सम्पर्क विहिन भएपछि बैदेशिक रोजगारीको सिलसिलामा कुवेत रहनुभएका श्रीमान रबिलाल गोतामेले श्रीमतिको खोजि गरिदिन सबैलाई अपिल गर्नुभएको छ ।

श्रीमती सम्पर्क विहिन भएपछि सात बर्षिय छोराको विचल्ली भएको रबिलाले बताउनुभयो । सम्पर्क गर्न खोज्दा श्रीमतीको मोवाइल स्वीच अफ रहेको र आफन्तसंग पनि संम्पर्कमा नआएपछि चिन्ता परेको रबिलालले बताउनुभयो । मनिषाको माइती घर बागलुङ्गको तमान गाउँपालिका स्थित हिले हो । आमाले छाडेपछि सात बर्षिय शितल गोतामे हजुरबुबा र हजुरआमासंग बस्दै अाएका छन् ।

मनिषाले शुक्रबार राति फोनमा रबिलाललाई ऋण धैरै भएको पैसा कम पठाएको भनेपछि सामान्य विवाद परेको थियो । फोनमा भएको सामान्य विवादमा श्रीमतिले घर छाड्ने धम्की दिएपछि रबिलालले सम्झाउनुभएको थियो । मनिषाले घरको सबै कारोबार सम्हाल्दै आउनुभएको थियो ।

विवाद पर्नुअघि रबिलालले मनिषाको नाममा दरबाङ्ग स्थित बैंकमा ७० हजार रुपैयाँ पठाइदिनुभएको थियो । मनिषाले शुक्रबार दिउसो बैंकबाट १५ हजार झिकिएको र बाँकी ५५ हजार रुपैयाँँ बैंकमा नै जम्मा गरिएको रबिलाललाई फोनमा जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार