बाँकेको क्वारेन्टाइनमा रहेका युवकको मृत्यु,स्वाब परीक्षणका लागि पठाइयो

नेपालगञ्ज,आइतबार जेठ ०४ गते । बाँकेको क्वारेन्टाइनमा रहँदै आएका एक युवाको मृत्यु भएको छ । नरैनापुरको दिपेन्द्र मावि, भोज भगवानपुरमा रहेको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको मृत्यु भएको नरैनापुर गाउँपालिकाले जनाएको हो ।

उनी वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । गएराती तीन बजे वान्ता हुनुका साथै एक्कासी ज्वरो देखिएका उनको आज विहान करिव पौने ७ बजे मृत्यु भएको थियो ।ती युवासहित २ सय ६३ जनाको हिजो स्वाव संकलन गरिएको छ । त्यसको रिपोर्ट भने आउँन बाँकी छ । भारतबाट आएका आठ जनामा यसअघि नै कोरोना देखिएपछि नरैनापुरमा सावधानी अपनाइएको छ ।

संक्रमितको सम्पर्कमा रहेका भनिएका करिव तीन सय मध्येमा २ सय ६३ जनाको शनिबार स्वाव लिइएको थियो । अझै ठूलो संख्या मानिसको स्वाव लिन बाँकी रहेको छ ।

मृतक युवाको शव अहिले पनि क्वारेन्टाइनमै रहेको छ । शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल गर्न नरैनापुरका स्वास्थ्य शाखा प्रमुख नेपालगञ्ज जाँदै गरेको बताइएको छ ।नेपाल टाईम्स

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार