प्रेस युनियनको स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

बेनी ,मंगलबार जेठ १३ गते ।
नेपाल प्रेस युनियन ,जिल्ला शाखा म्याग्दीले विरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ । प्रेस युुनियन म्याग्दीले बेनी स्थित बेनी अस्पतालमा उपचाररत तीस जना विरामीहरुलाई फलफुल वितरण गरेर प्रेस युनियनकाे २९ औं स्थापना दिवस मनाएको हो ।

नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी र प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्माले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवाल मार्फत विरामीलाई फलफुल वितरण गर्नुभएको हो ।

स्थापना दिवसको अवसरमा अस्पतालमा उपचाररत ३० जना विरामीहरुलाई फलफुल वितरण गरिएको नेपाल प्रेस युनियन म्याग्दीका सचिव साधन राम्जालीले जानकारी दिनुभयो । उपसभापति रेग्मी र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले धन्यवाद व्यक्त गर्दै स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभयो ।

२०४८ साल जेठ १३ गते जय प्रकाश प्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरि नेपाल प्रेस युनियनको जन्म भएको हो । अन्तर्रा्ष्ट्रिय पत्रकार महासंघ IFJ को नेपाल बाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था नेपाल प्रेस युनियन हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार