रुकुम चौरजहारी घटनाका दोषीलाई कडा कारबाही गर्न माग

बेनी ,विहिबार जेठ १५ गते ।
म्याग्दीका दलित अधिकारबादी संघसंस्थाहरुले पश्चिम रुकुम चौरजहारीमा घटेको विभत्स घटनाका दोषीलाई कडा कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । अन्तरजातिय प्रेम सम्बन्धका कारण जेठ १० गते घटेको विभत्स घटनाका दोषीहरुलाई कडा कारवाहीको गर्नुपर्ने उनीहरुले माग गर्दै प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

रुकुम चौरजहारी नगरपालिका –८ सोती निवासी सुष्मा मल्ल सँग नवराज विकको अन्तरजातिय प्रेम सम्बन्धका कारण स्थानीय गाउँलेहरुको कुटाईबाट जाजरकोट भेरी नगरपालिका –४ रानागाउँका नवराज विक,गणेश बुढा र चौरजहारी –८ का टिकाराम सुनारको विभत्स हत्या भएको थियो । भने तीन जना बेपत्ता छन् ।अन्य । आधुनिक समयमा पनि घटेको उक्त बर्बर घटनाप्रति घोर भत्र्सना गर्दै दोषीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने उनीहरुले माग गरेका हुन । जातकै कारण कसैको मृत्यु हुनेसम्मको घटना घटाइनु ज्यादै निन्दनीय तथा अमानवीय अपराध एवं मानव समाजको लज्जाको विषय भनेका छन् ।

घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउने र आगमी दिनमा यस्ता घटनाहरु घटन नदिन सरकारले कडा कदम चाल्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष बालकुमार विश्वकर्मा ,नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका संयोजक पदम किसान,समाजवादी दलित मुक्ति महासंघका केन्द्रिय सदस्य याम किसान, ,दलित विकास समितिको सहसंयोजक मनकुमारी विकले समाजमा अझै पनि जातियछुवाछुत कायम रहेको र दलित माथि विभिन्न समयमा अमानविय कार्यहरु भइरहेको बताउँदै आगमी दिनमा यस्ता क्रियाकलापहरु रोकिनुपर्नेमा जोड दिनुभयो । पश्चिम रुकुम चौरजहारी घटनाले सवैलाई स्तब्ध बनाएको बताउँदै दोषीहरुलाई कडा कारवाहीको माग समेत गर्नुभयो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले जातिय विभेद गर्नेहरु कानुनी कारवाहीको भागिदार हुने बताउनुभयो । संघिय सरकारका गृहमन्त्रीले उक्त घटनाबारे संसदमा जानकारी गराएको प्रजिअ ढकाले बताउनुभयो । जिल्लामा हुने जातिय विभेदका घटनाका दोषीहरुलाई कानुनी कारवाही गर्न जिल्ला प्रशासन कुनै पनि हालतमा पछि नहट्ने प्रजिअ ढकालले बताउनुभयो । उहाँले जिल्लामा जातिय विभेदका कुनै घटना भएमा आफूलाई सिधै सम्पर्क गर्न पनि अनुरोध गर्नुभयो ।उक्त चौरजहारी घटनाको यतिखेर सर्वत्र निन्दा एवम् विरोध भएको छ ।

कोरोना भाइरसका कारण लकडाउनको अवस्थामा सामाजिक दुरी कायम, माक्स र अन्य सुरक्षाका उपायहरु अपनाउँदै दलित अधिकारकर्मीहरु संगमचोकबाट विभिन्न नाराहरु लेखिएका प्लेकार्ड सहित जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई ज्ञापनपत्र बुझाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार