बरङजाकी १३ बर्षिया बालिकामा डेङ्गु संक्रमण,संक्रमितको संख्या १० पुग्यो

बेनी ,शनिबार जेठ १७ गते ।
म्याग्दीमा डेङ्गु संक्रमितको संख्या बढ्ढै गएको छ । म्याग्दीको मंगला गाउँपालिका–३ बरङजाकी १३ बर्षिया बालिकामा डेङ्गु संक्रमण देखिएको हो । बङजाबाट उपचाकारका लागि बेनी अस्पताल आएकी ती बालिकामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो ।

file photo

उहाँका अनुसार बालिकामा उच्च ज्वरो आउने ,शरिर दुख्ने तथा जोर्नि दुख्ने जस्ता समस्या देखिएको छ ।संक्रमित विरामीलाई थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको सुचना अधिकारी सुवेदीले जानकारी दिुभयो । योसंगै म्याग्दीमा डेङ्गु संक्रमितको संख्या १० पुगेको छ भने ९ जना निको भएर घर फर्र्किएका छन् ।

लामखुट्टेको टोकाइबाट डेङ्गु संक्रमण हुने भन्दै अस्पतालका मेडिकल सुपरी टेण्डेन्ट डा.अमृत अधिकारीले फोहोर र पानी जम्ने ठाउँ सफाइ गर्न सुझाव दिनुभयो । बर्षातको समय सुरु भएसंगै गर्मीमा लामखुट्टे सक्रिय हुने भएकाले पानी जम्ने विभिन्न ठाउँ,टायर र गमला लगायतमा विशेष सफाईमा ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार