म्याग्दीमा थप दुई जनामा डेङ्गु र स्क्रव टाइफस संक्रमण

बेनी ,आइतबार जेठ १८ गते ।
म्याग्दीमा थप दुई जनामा डेङ्गु र स्क्रव टाइफस पोजेटिभ देखिएको छ । उपचार्थ बेनी अस्पताल आएका जिल्लाको बेनी नगरपालिका–६ जरबुता स्थित थाकनपोखरीकी ५४ बर्षिया महिलामा डेङ्गु हेमोरोजिक फिवर (ज्वरो) र स्क्राव टाइफस तथा मंगला गाउँपालिका–५ छिस्बाङ्गकी ४९ बर्षिया महिलामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।समयमै उपचार नहुँदा डेङ्गु विकसित भई हेमोरोजिक फिवरकाे रुपमा देखा पर्दछ ।


उहाँका अनुसार थाकनपोखरीकी महिलामा देखिएको डेङ्गु हेमोरोजिक फिवर (ज्वरो) पोजेटिभ म्याग्दीमा पहिलो हो । थाकन पोखरीकी ५४ बर्षिया महिलालाई थप उपचारका लागि पोखरा स्थित मनिपाल अस्पताल रिफर गरिएको सुचना अधिकारी सुुवेदीले जानकारी दिनुभयो ।

file photo


यस अघि जिल्लाको मंगला गाउँपालिका–५ अर्मनका १७ बर्षिय पुरुषमा पनि स्क्रव टाइफस र डेङ्गु पोजेटिभ देखिएको थियो । छिस्बाङ्गकी ४९ बर्षिया महिलालाई थप उपचारका लागि बेनी अस्पतालमा भर्ना गरिएको छ । ४९ बर्षिया महिला बैशाख २८ मा पोखराबाट घर फर्किनुभएको थियो ।


उपचार्थ अस्पताल आएका ती दुई महिलामा अधिक ज्वरो आउने ,टाउको दुख्ने ,जोर्नी दुख्ने ज्वरो लगायतका समस्या देखा परेको थियो । यो संगै म्याग्दीमा डेङ्गु संक्रमितको संख्या १२ पुगेको छ भने स्क्राव टाइफस संक्रमितको संख्या ५ पुगेको छ ।


लामखुट्टेको टोकाइबाट डेङ्गु संक्रमण हुने अस्पतालका मेडिकल सुपरी टेण्डेन्ट डा.अमृत अधिकारीले बताउनुभयो । स्क्रव टाइफस मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट)को टोकाईबाट मानिसमा सर्ने अस्पतालका मेडिकल सुपरी टेण्डेन्ट डा.अमृत अधिकारीले बताउनुभयो । उहाँका अनुसार यो रोग माइटमा पाइने Orentia Tsutsugamushi भन्ने जिवाणुबाट लाग्दछ । कृषि खेतिको काम गर्दा सावधानी अपनाउन तथा फोहोर र पानी जम्ने ठाउँ सफाइ गर्न डा. अधिकारीको सल्लाह छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार