विदेशबाट नेपाली ल्याउन सुरु

काठमाण्डौ ,शुक्रबार जेठ २३ गते । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन सुरु गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण अति नै समस्यामा परेका नेपालीलाई शुक्रबारदेखि उद्धार गर्न थालिएको हो । शुक्रबार म्यानमारबाट २६ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । यूएईबाट पनि शुक्रबार नै १ सय ६८ जना नेपालीलाई ल्याउने तयारी भैरहेको छ ।

तस्बिर :नयाँपत्रिका

म्यानमरबाट उद्धार गरेर ल्याइएका नेपालीलाई बसुन्धराको ‘होल्डिङ सेन्टर राखिएको छ । त्यहाँबाट आवश्कय प्रक्रिया पूरा गरेपछि उनीहरुलाई सम्बन्धित जिल्ला पठाइनेछ ।
विदेशमा स्वास्थ्य परीक्षण गराएर नेगेटिभ भएकाहरुलाई यसरी ल्याइएको हो । उनीहरुको होल्डिङ सेन्टरमा पनि स्वास्थ्य परीक्षण गरिनेछ । स्वास्थ्य परीक्षणमा ठिक देखिएमा मात्र जिल्ला सदरमुकाम लगेर क्वरेण्टीनमा राखिनेछ ।

तस्बिर :नयाँपत्रिका

काठमाण्डौमा तीन, ललितपुरमा दुई र भक्तपुरमा दुई ‘होल्डिङ सेन्टर बनाइएको छ । काठमाडौँ र ललितपुरमा दुई होल्डिङ सेन्टर आवश्यक पर्दा प्रयोग गर्ने गरी जगेडामा तयारी अवस्थामा राखिएको छ । काठमाण्डौमा रहेको होल्डिङ सेन्टरमा वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का नागरिकलाई छुट्टाछुट्टै रूपमा राखिनेछ । भक्तपुर एक हजार क्षमताका दुई पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ । त्यहाँ प्रदेश नं १ र २ का नागरिकलाई छुट्टाछुट्टैरूपमा राखिनेछ ।

ललितपुरमा कर्णाली र सुदूरपश्चिमका नागरिकलाई राखिनेछ । श्रम करारका साथै प्रवेशाज्ञाको अवधि समाप्त भएका, रोजगारी गुमाएका विद्यार्थी, छोटो अवधिका लागि भ्रमणमा गएका व्यक्ति, तालिम तथा सेमिनारमा भाग लिन गएका कर्मचारी, आफन्तको मृत्यु भइ काजकिरिया गर्न आउनुपर्ने व्यक्ति तथा उपचारका लागि गएका बिरामीलाई प्राथमिकता दिएर उद्धार थालिएको हो ।

यस्तै आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका र नेपाल आउन नपाएका, कोरोनाबाहेक अन्य कारणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखिएको छ ।ujyaaloonlineबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार