दुर्लुङ पहिरोमा ज्यान गुमाउनेहरुको सामूहिक अन्त्येष्टि

पर्वत ,मंगलबार असार ०२ गते । पर्वत कुश्मा नगरपालिका वडा नम्बर–३, दुर्लुङ ढकालबारीमा शनिबार रातिको पहिरोमा परेर ज्यान गुमाएका ८ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ ।

तस्बिर : सामाजिक सञ्जाल

उनीहरुमध्ये ६ जनाको मोदीवेणीमा र अन्य दुई जनाको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा अन्त्येष्टि गरिएको हो । पर्वतको मोदीवेणीमा ६२ वर्षीय तुलबहादुर थापा र उहाँकी श्रीमती ५८ वर्षीया मिनकुमारी थापालाई एउटै चितामा तथा नाति सम्राट, नातिनी बिबिसालाई छुट्टाछुट्टै चितामा अन्त्येष्टि गरिएको हो । त्यस्तै अर्को परिवारका ३२ वर्षीया कमला विक र उहाँकी छोरी ८ वर्षीया जेनिशा विकलाई पनि छुट्टाछुट्टै चिता बनाएर दाहसंस्कार गरिएको थियो ।

अम्मरबहादुर थापाले बावुआमा तुलबहादुर दम्पती तथा छोराछोरी सम्राट र बिबिसालाई दागबत्ती दिनुभएको थियो । त्यसैगरी कमला विक र उहाँकी छोरीलाई जेठाजु पर्ने चक्रबहादुर विकले दागबत्ती दिनुभएको थियो। पहिरोमा एकै घरका ६ जनासहित ८ जनाको ज्यान गएको थियो भने बेपत्ता १३ वर्षीय जेनिश विकको अझै पत्तो लाग्न सकेको छैन । उज्यालोअनलाइनबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार