![](https://myagdinews.com/wp-content/uploads/2020/06/IMG_9443.jpg)
बेनी ,विहिबार असार ०४ गते ।
म्याग्दीको बेनी नगरपालिका–१० वाखेत घर भई हाल युकेमा बस्दै आउनुभएकी समाजसेवी धनमाया बुढाथोकीले स्वर्गिय आमाको पुण्यतिथिमा म्याग्दीका एकल महिला तथा विपन्न बर्गका परिवारलाई खाद्यान्न राहत सामाग्री वितरण गर्नुभएको छ । बुढाथाेकीले एकल महिला तथा सशक्तीकरण केन्द्र म्याग्दीकी संस्थापक अध्यक्ष समेत रहनुभएकी समाजसेवी बिमला गौचन मार्फत सो राहत सामाग्री वितरण गर्नुभएको हो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/06/IMG_9443.jpg)
गौचनले ३५ जना एकल महिला तथा विपन्न बर्गका परिवारलाई चामल ,नुन ,तेल लगायतका ४० हजार रुपैयाँँ बराबरको खाद्यान्न राहत सामाग्री वितरण गर्नुभएको हो । यसैगरी दश हजार रुपैयाँँ बराबरको मास्क तथा स्यानिटाइजर वितरण गरिएको समाजसेवी गौचनले जानकारी दिनुभयो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/06/IMG_9445.jpg)
‘म्याग्दी घर भई हाल युकेमा रहनुभएकी समाजसेवी धनमाया बुढाथोकीले स्वर्गिय आमाको पुण्यतिथिको अवसरमा पठाउनुभएको रकमबाट दैनिक उपभाेग्य खाद्यान्न सामाग्री खरिद गरेर विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको जारी लकडाउनबाट प्रभावित म्याग्दीका एकल महिला तथा विपन्न बर्गका परिवालाई वितरण गरिएको हो,’उहाँले भन्नुभयो । साथै उहाँले सहयोगप्रति बुढाथोकीलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/06/help-4.jpg)
![](https://myagdinews.com/wp-content/uploads/2020/06/IMG_9447.jpg)
![](https://myagdinews.com/wp-content/uploads/2020/06/IMG_9436.jpg)
![](https://myagdinews.com/wp-content/uploads/2020/06/help-3.jpg)
![](https://myagdinews.com/wp-content/uploads/2020/06/IMG_9439.jpg)
![](https://myagdinews.com/wp-content/uploads/2020/06/IMG_9441.jpg)