म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

बेनी ।म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न देशबाट आएर जिल्लाको बेनी स्थित क्वारेन्टाइनमा बसेका ९ जनामा कोरोना संक्रमण देखिएको हो । पीसिआर परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयो ।

पीसिआर परिक्षणमा रघुगंगाका १,मंगला गाउँपालिका१,बेनी नगरपालिका ३ र मालिका गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । संक्रमित मध्य कुवेतबाट ६ जना ,कतारबाट २ जना र भारतबाट १ जना आएका थिए । यो संगै म्याग्दीमा कोरोना संक्रमितको जम्मा संख्या ३४ पुगेको छ । हालसम्म म्याग्दीमा निको भएर २०जना घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार