![](https://myagdinews.com/wp-content/uploads/2020/07/DSC_0002.jpg)
बेनी ,शुक्रबार असार २६ गते ।
नेपाली कांग्रेस, म्याग्दीले बाढी तथा पहिरो पिडितको सहयोगार्थ राहतकोष खडा गरेको छ । गयरातीदेखी परेको अविरल बर्षा संगै आएको बाढी र पहिरोका कारण विस्थापित भएका पिडितहरुलाई सघाउने उद्धेश्यले नेपाली कांग्रेस म्याग्दीले प्रभु बैंक लि.को बेनी शाखामा एक लाख एक हजार रुपैयाँको राहतकोष खडा गरेको हो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/07/DSC_0002.jpg)
गयराती देखी परेको बर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा खसेको पहिरोमा परेर मानविय तथा भौतिक क्षती भएको प्रती दुख व्यक्त गर्नुहुँदै जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बीर)ले संकटको घडिमा पिडितहरुलाई सहयोग गर्ने उद्धेश्यले राहतकोष खडा गरिएको बताउनुभयो । साथै उहाँँले राहतकोषमा आर्थिक सहयोग गरी संकटको घडीमा बाढी तथा पहिरो पिडितहरुलाई सहयोग गर्न आह्वान गर्नुभएको छ ।
![](https://myagdinews.com/wp-content/uploads/2020/07/jay.jpg)
‘अविरल बर्षाले गर्दा जिल्लाका विभिन्न ठाउँमा पहिरो र बाढीले पु¥याएको ठुलो मानविय तथा भौतिक क्षती भएको घटनाले स्तब्ध तुल्याएको छ ,’ –सभापति गर्बुुजाले भन्नुभयो , ‘यस संकटको घडीमा सम्बन्धीत घटना स्थलमा तत्काल राहतको ब्वस्था गरी जनताको जिवन रक्षा गर्न सरकारसंगै जोडदार माग गर्दछु ।’ सभापती गर्बुजाले पार्टीका भातृ संगठन ,शुभेच्छुक संस्था ,क्लब तथा विभिन्न संघसंस्थालाई उद्धारमा जुट्न अपिल गर्नुभएको छ ।