म्याग्दीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

बेनी। म्याग्दीमा मंगलबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विदेशबाट आएर बेनी स्थित क्वारेन्टाइनमा बसेका बेनी नगरपालिकाकाका एक र अन्नपूर्ण गाउँपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो ।स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार
साउन ३ गते संकलन गरिएको स्वाब नमुनाको पोखरा स्थित प्रयोगशालामा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

साउदी अरबबाट आएर म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका अन्नपूर्ण गाउँपालिका–२ का २३ र २४ वर्षका दुई जना युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी न्यु वेष्ट पोइन्ट आवासीय माविको क्वारेन्टाइनमा बसेका बेनी नगरपालिका–४ का कोरोना संक्रमिति ३२ वर्षका पुरुष बहराइनबाट आएका हुन् । उनिहरुलाई उपचारका लागि खुल्ला मञ्च स्थित शैक्षिक तालिम केन्द्रको आइसोलेशन कक्षमा लगिएको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।


यो संगै म्याग्दीमा कोरोना संक्रमितको कुल संख्या ४३ जना पुगेको छ । भने ५ जना महिला सहित ३४ जना निको भएर घर गएका स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताउनुभयो । यसअघिका ९ जना आइसोलेशनमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार