कक्षा १२ को परीक्षा असोजमा

काठमाडौँ ।लकडाउनका कारण अन्योलमा परेको शिक्षा क्षेत्रले विस्तारै सहजता महसुस गर्न थालेको छ । विद्यार्थीमा रहेको अन्योलता चिर्दै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ ।

सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले तयारी अगाडि बढाएको छ । असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो , ‘कक्षा १२ को परीक्षा १५ असोजमा सम्पन्न गर्ने लक्ष्य छ, त्यही अनुसार मन्त्रालयसँग अनुमति मागेका छौं ।’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई तीव्रता दिने बोर्डले जनाएको छ ।नेपाल टाईम्स

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार