नेपालमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या २६६६० पुग्यो

काठमाडौँ । थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा नेपालमा आइतबार थप ६४१ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।

उहाँका अनुसार २४ घण्टामा १३४ जना जना डिस्चार्ज भएका छन् ,भने आजसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ३५ पुगेको छ ।नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १०४ जना रहेको छ । अहिले देशभरीका क्वारेन्टिनमा १५ हजार २ सय ४३ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार