पोखरामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

पोखरा । पोखरामा उपचाररत कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ । तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो भने पोखरा महानगरपालिका वडा नम्बर १६ निवासी कोरोना संक्रमित ८७ वर्षिय बृद्धको मृत्यु भएको हो ।कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी महिलालाई साउन ३२ गते उपचारका लागि अस्पताल लागिएको थियो ।

ती महिलामा सुगर, प्रेसर, मुटुको समस्या र निमोनिया रहेको कास्की सेवा अस्पतालले जनाएको छ । अस्पतालका सञ्चालक डा.पदम खड्काले भने, अस्ति स्बाब टेस्टका लागि पठाइएको थियो । हिजो राति मृत्यु भयो, बिहान कोरोना पोजेटिभ भएको जानकारी आएको छ ।’ अन्य अस्पतालले भर्ना लिन नमानेपछि त्यो अस्पताल पु¥याइएको आफन्तले बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचाररत ति बृद्ध साउन ३२ गते श्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पतालको इमर्जेन्सी विभागमा भर्ना भएका थिए । पोखरा महानगरपालिका वडा नम्बर १६ निवासी मृतक पुरुषमा उच्च ज्वरो पनि थियो ।

कोरोना संक्रमणको आशंकापछि उनको स्वाब जाँच्दा हिजो मात्रै उनलाई कोरोना पुष्टि भएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचाररत बृद्धको बिहान करिब ११ बजेतिर मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । उनको अहिले शव व्यवस्थापनको तयारी भई रहेको छ ।ढोरपाटनबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार