देशभर थपिए ६८१ जना कोरोना संक्रमित

काठमाडौं । आज बुधबार थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित प्रेस व्रिफिङका क्रममा आजको संख्या सहित नेपालमा हालसम्म संक्रमित हुनेहरुको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।

कुल संक्रमित मध्ये आज ११ हजार १ सय १८ जना आइसोलेसनमा उपचाररत छन् ।पछिल्लो २४ घण्टामा १ सय २० जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म १७ हजार ७ सय जना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार