नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको प्रेस ब्रिफिङमा जानकारी दिनुभयो ।

काठमाडौ उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।यसैबीच हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार