गान्धीको चश्मा चार करोड सात लाखमा लिलामी

काठमाडौं । बेलायतमा महात्मा गान्धीको सुनको जलप लगाइएको चश्मा लिलामीमा २.६ लाख पाउन्ड (चार करोड सात लाख रुपैयाँ) मा बिक्रि भएको छ । शुक्रबार ईस्ट ब्रिस्टल अक्सन हाउसले इन्स्टाग्राममा चार हप्ताअघि आफ्नो लेटरबक्समा उक्त चश्मा भेटेको जानकारी दिएको छ । अक्सन हाउसले भनेको छ, ‘यसलाई कोही व्यक्तिले राखेर गएका थिए । चश्मा राखेर जाने व्यक्तिका काकालाई गान्धी आफैंले उक्त चश्मा उपहारमा दिएका थिए ।’

गान्धीले आफ्ना सामान त्यस्ता व्यक्तिलाई दिन्थे जसलाई ती वस्तुको अत्यधिक आवश्यकता पर्दथ्यो । लिलामी घरका अनुसार गन्धीले उक्त चश्मा सन् १९२० वा १९३० को दशकमा दक्षिण अफ्रिकामा बेलायती पेट्रोलियममा काम गर्ने एक व्यक्तिलाई दिएका थिए । चश्माको लिलामीबाट १५ हजार पाउन्ड पाइने आशा गरिएको थियो ।

जुन व्यक्तिसँग चश्मा थियो लिलामीकर्ता एन्ड्र्यू स्टोवले उनीसँग भएको कुराकानीबारे जानकारी दिएका छन् । स्टोवका अनुसार ती व्यक्तिले भनेका थिए, ‘यदि तपाईंहरुलाई चश्मा मन पर्दैन भने तपाईंले यसलाई फ्याँक्न पनि सक्नुहुन्छ । ’

स्टोवले थपे, ‘मैले चश्माको लिलामी १५ हजार पाउन्डसम्म हुनसक्छ भन्दा उनी अचम्मित परेका थिए ।’रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार