
बेनी । म्याग्दीको बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२को सिमाना पर्ने घुमाउने ताल स्थित पहिरो जाँदा सडक अवरुद्ध भएको छ । पहिरोको कारण बेनी –दरबाङ्ग सिधा यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले जानकारी दिनुभयो ।
उहाँका अनुसार मंगलबार विहानदेखी सिधा यातायात सेवा अवरुद्ध भएको हो । ठाडो खोल्सामा पहिरो ठुलो गएकाले सिधा यातायात संचालनमा आउन केही समय लाग्नेछ । सिधा यातायात सेवा अवरुद्ध हुँदा यात्रु तथा व्यवसायीहरुले सास्ती ब्यहोर्न बाध्य छन् ।